चेम्बरले बारा र पर्सामा राहत वितरण गर्ने

५ बर्ष अगाडि

काठमाडौं– बारा र पर्सामा आइतबार आएको भीषण हावाहुरीले ठूलो जनधनको क्षति भएपछि  नेपाल चेम्बर अफ कमर्शले राहत वितरण गर्ने निर्णय गरेको छ । 

चेम्बरको सोमबार बसेको आकस्मिक बैंठकले हावाहुरी पीडितलाई आवश्यक त्रिपाल, टेन्ट र खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको हो । 

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले तराईमा परेको विपत्तिप्रति दुःख व्यक्त गर्दै तत्कालै राहत सामाग्री उपलब्ध गराउने निर्णय भएको बताए। उनका अनुसार आवश्यक राहत सामाग्री लिएर चेम्बर टोली मंगलबारनै त्यसतर्फ प्रस्थान गर्नेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया