शेयर बिक्री गर्न लागिएको रसुवागढी र साञ्जेनलाई किन राखियो जनताको जलविद्युतमा ?

५ बर्ष अगाडि

काठमाडौँ – सरकारले जनताको जलविद्युत् कार्यक्रममा रसुवागढी र साञ्जेन जलविद्युत आयोजनालाई समावेश गरेको छ । ती दुई आयोजनाको केही समय भित्रै साधारण सेयर बिक्री हुने भएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले ती आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरी शेयर बिक्री गर्ने निर्णय गरेको हो ।

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र चिलिमे जलविद्युत कम्पनीका कर्मचारीलाई साधारण शेयर बिक्री गरिसकेको ती दुई कम्पनीले निकट भविष्यमा नै आम सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।

नेपाल धितोपत्र बोर्डले रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीलाई यही चैत १० गते आम सर्वसाधारणलाई सेयर बिक्रीको स्वीकृति दिइसकेको छ । बोर्डले साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडलाई  ५४ करोड ७५ लाख रुपैँया बराबरको ५४ लाख ७५ हजार कित्ता सेयर बिक्रीको अनुमति दिएको छ ।

यस्तै रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडले १ अर्ब दुई करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड दुई लाख ६३ हजार १५० कित्ता शेयर बिक्रीका लागि अनुमति दिएको छ ।

सोही निर्णयअनुसार यही चैत ७ देखि ११ गतेसम्म माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको शेयर बिक्री भई बाँडफाँट भइसकेको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत लगाताररुपमा सेयर बिक्री गर्ने निर्णयअनुसार नै दोस्रो चरणमा साधारण सेयर बिक्रीको तयारीमा रहेका रसुवागढी र साञ्जेनलाई समावेश गरिएको हो । ती दुई आयोजना चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना हुन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया