गर्मीमा  पानी कसरी र कति पिउने ?

५ बर्ष अगाडि

–शरीरमा पानीको कमीले एलर्जीको समस्या हुन सक्छ
–एलर्जीले शरीरलाई भयानक असर पुर्याउन सक्छ 
– दैनिक कम्तीमा ८ गिलास पानी पिउनुस्
  बैशाख महिना सुरु भइसकेको छ । काठमाडौंमा पनि हामीले गर्मीको महसुश गर्न थालिसकेको अवस्थामा तराईका जिल्लाहरुमा  झन्् गर्मी बढ्दो छ  ।  गर्मीको समयमा पानीको कमीका कारण एलर्जीको  समस्या धेरैमा हुने गर्छ ।  पानी शरीरको लागि अत्यावश्यक तत्व हो  जुन हाम्रो शरीरमा ७० प्रतिशत हिस्सा ओगटेको हुन्छ ।  
शरीरमा पानी कम भएकाम विशाक्त पदार्थ सहज रुपमा बाहिर निक्लन पाउँदैनन् र  समस्याहरु निम्तन सक्छन् ।
शरीरमा पानीको कमीले शरीमा फ्याटको मात्रा बढ्न पुग्छ भने पाचन प्रक्रिया कमजोर हुन्छ । जसले अंगहरुले ठीक रुपमा काम गर्न सक्दैनन् । शरीरमा विकार पदार्थ बढ्न थाली जोर्नी र मांसपेशी दुख्ने समस्या निम्तन सक्छ । 
पानी शरीरमा कम भएकै कारण कतिपयमा ज्वरो, उल्टी, रगतमा इन्फेक्सन, पथ्थरीलगायतका समस्या समेत देखिन सक्छन् । पानीको जरुरत हरेक  मानिसको शरीरलाई आवश्यक पर्छ र यो सम्झनु पर्छ कि तिर्खा लागेपनि नलागेपनि सेवन नियमित र आवश्यकता अनुसार गरिरहनुपर्छ ।
दैनिक तिर्खा लागेपनि नलागेपनि ८ गिलास पानी पिउँदा एलर्जीको समस्याबाट छुटकारा पाउन सकिन्छ । कोहि मानिस पानीको साटो बीयर, कफी, सोडा जस्ता पेयपदार्थको पनि  सहारा लिन्छन् तर यो तरल पदार्थ भएपनि स्वाथ्यको दृष्टिकोणले लाभदायक हुँदैनन् । 


पानी खाना खानु आधा घण्टा पहिले र खाना खाएपछि आधा घण्टा पनि पिउँदा लाभदायक हुन्छ । बाहिरबाट घर पुग्नेबित्तिकै भन्दा पनि केहि आराम गरेर सामान्य पानी पिउनुपर्छ ।   यदी तपाईँमा मुटु र कब्जियतको समस्या छ भने एक चम्चा कागजीको रस मिलाएर पिउँदा स्वस्थ्यकर हुन्छ
खाना खानेक्रममा सकेसम्म पानी पिउने नगर्नुस् । खानाको समयमा पानी पिएमा पचाउन मुस्किल हुन्छ ।  यस्तै बिहान उठ्नेबित्तिकै पानी पिउँदा निकै  फाइदा हुन्छ । तपाईँलाई यो पनि जानकारी दिऔं कि पानीको पर्याप्त सेवनले आन्दा, ब्लड, स्तनजस्ता क्यान्सरका बिरामीलाई केहि राहत मिल्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया