नर्भिकको  रजत महोत्सव,  सगरमाथा आरोहण समूहलाई  २५ लाख

६ बर्ष अगाडि

काठमाडौं–नर्भिक इन्टरनेशनल अस्पतालले आफ्नो २५ औं वार्षिकोत्सव मनाउने सिलसिलामा रजत महोत्सवको सुरुवात गरेको छ । शनिबार स्वास्थ्यवद्र्धक सन्देशसहितको प्रभातफेरी कार्यक्रम, हस्पिटलमा रहेका अन्तरङ्ग विरामीहरुलाई फलफूल वितरण, विशेष पूजा र लगत्तै औपचारीक विशेष समारोहसहित सुरुवाती कार्यक्रमको समापन गरिएको अस्पतालले जनाएको छ ।  अर्को औपचारीक समारोहको आयोजना यही वैशाख ८ गते शनिबार गर्ने तय भएको पनि जनाइएको छ । 

नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यको स्वागत मन्तव्यबाट सुरु गरिएकोसुरुवाती औपचारीक कार्यक्रम पूर्व उप–प्रधानमन्त्री तथा काठमाडौं क्षेत्र नं। १ का सांसद प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

समारोहमा नर्भिकको झण्डोत्तोलन र नर्भिक गानको प्रस्तुतिका साथ सगरमाथा आरोही प्रथम महिला पत्रकार समूहलाई आर्थिक सहयोग वापत रु २५ लाखको चेक हस्तान्तरण गरिएको थियोे ।
महिला पत्रकार तथा प्रथम महिला सगरमाथा आरोहण समूहकी नेतृ रोजिता वुद्धाचार्यलाई नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले उक्त चेक हस्तान्तरण गरेकी थिइन् । 

समारोहमा आफ्नो मन्तव्य राख्ने क्रममा आरोहण टोली नेतृ बुद्धाचार्यले आफ्नो आरोहण सफल पार्न हजारौंको हात भएको भए पनि नर्भिकको साथ, स्नेह, प्रोत्साहन र आशीर्वाद अवर्णनीय भएको बताइन् ।
आरोही महिला पत्रकारको समूह वैशाख ३ गते सोमबार सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्नेछ ।


सो अवसरमा नर्भिकका सद्भावना दूतद्वयका तर्फवाट बरिष्ठ कलाकार हरिवंश आचार्यले नर्भिक नेपाली स्वास्थ्यसेवाको आस्थापुञ्ज भएका भन्दै  यसले हजारौं नेपालीलाई स्तरीय स्वास्थ्य सेवाको खोजीमा भौतारिनुबाट जोगाएका वताए ।
कार्यक्रममा  कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्पिटललाई आजको अवस्थामा पु¥याउन कर्मचारी वर्गले पु¥याएको अतुलनीय योगदान, तिनको लगनशीलता र कर्तव्य परायणताप्रति उच्च सम्मान दर्शाए ।

यस्तै  नर्भिकका अध्यक्ष बसन्त चौधरीले २५ शैयाबाट सुरु भएको एक सानो स्वास्थ्य संस्थाले २५ औं बसन्त पार गर्दै एक सुनौलो इतिहास बनाएको स्मरण गरे ।

६ बर्ष अगाडि

प्रतिक्रिया