काठमाडाैं- हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ५ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४ लाख २८ हजार ५४० कित्ता शेयर बिक्रीमा राखेको हो ।
बैंकका अनुसार यो शेयर हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छकु संस्थापक शेयरधनीले आजका मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया