आइएमई लाइफको उपहार योजनाः एक जनाले पाए हिरो मोटरसाइकल

शुक्रबार, १८ असोज २०८१, १७ : १३

काठमाडौं - आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ । 

आफ्ना अभिकर्ताहरुका।मनोबल उच्च राख्न कम्पनीले उक्त कार्यक्रम आयोजना गरेको हो । कम्पनीले असोज १६ गते कम्पनीको केन्द्रिय कार्यालयबाट आयोजित कार्यक्रममा जुम मीट मार्फत प्रत्यक्ष प्रसारण गरी देशभरिका अभिकर्ता, ग्राहक र कर्मचारीको उपस्थितिमा बिजेताको नाम घोषणा गरेको छ ।

उक्त योजना अन्तर्गत प्रथम पुरस्कार अन्तर्गत १२५ सीसीको हिरो मोटरसाइकल एक जनालाई प्रदान गरेको हो छ । दोश्रो पुरस्कार आई फोन १३, तेश्रो पुरस्कारमा ५ग्राम सुन र १५ जनालाई सान्त्वना पुरस्कारमा विद्युतिय हिटर प्रदान गरिएको हो ।

काममा प्रेरित गर्न यस्ता किसिमका उपहार कायक्रम आयोजना गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

शुक्रबार, १८ असोज २०८१, १७ : १३

प्रतिक्रिया