काठमाडौं- नेकपा(माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने बताइएको छ।
बैठकमा आसन्न उपनिर्वाचन र पार्टीको आगामी रणनीतिका विषयमा छलफल गर्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए। शुक्रबारको बैठकले आगामी उपनिर्वाचनका विषयमा छलफल हुने उनले बताए।
माओवादीले पदाधिकारी बैठक बोलाए पछि केन्द्रीय कमिटी बैठक तत्काल नबस्ने भएको छ।माओवादीले यसअघि तिहारलगत्तै केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो।
प्रतिक्रिया