पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, केही प्रदेशमा वर्षाको सम्भावना

शुक्रबार, २३ कार्तिक २०८१, ०७ : ०४

काठमाडौं– आज देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको र देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा  चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक वा आंशिक असर पर्न सक्ने हुनाले सम्बन्धित सबैलाई सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।

शुक्रबार, २३ कार्तिक २०८१, ०७ : ०४

प्रतिक्रिया