पूर्वराजदूत झा हत्या प्रकरणः श्रीमतीको जाहेरीपछि सुरक्षागार्ड तामाङ पुनः पक्राउ

४ बर्ष अगाडि

काठमाडौं । पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा प्रहरीले पुनः सुरक्षागार्ड कान्छाराज तामाङलाई पक्राउ गरेको छ । तामाङलाई काभ्रेको खोपासीबाट पक्राउ गरिएको हो ।

तामाङविरुद्ध झा पत्नी ज्ञानुले काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी समेत दिएकी थिइन् । जाहेरीको आधारमा ज्यान मुद्दामा जिल्ला अदालत, काठमाडौँबाट ७ दिन म्याद थप गरिएको छ ।

गत वर्ष ४ भदौमा ८० वर्षीया झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी प्रहार गरी हत्या भएको थियो । लगत्तै, अनुसन्धानका लागि सुरक्षागार्ड तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई पक्राउ गरिएको थियो ।

तर, उनीहरुविरुद्ध प्रमाण फेला नपरेपछि तीनै जना छुटेका थिए ।नेपाल समाचारपत्रमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया