दैनिक २ मिनेट ॐ जप गर्नुस्, हुन्छ स्वास्थ्यलाई ५ फाइदा

५ बर्ष अगाडि

धर्मग्रन्थका अनुसार जब धर्तीमा कुनै जीवन थिएन। ब्रह्माण्डमा एक आवाज उत्पन्न  भयो । त्यही आवाजको पछि जीवको उत्पत्ती हुन पुग्यो । 
हिन्दु धर्ममा जीवनको उत्पत्तीको आधार यही ॐ लाई मानिँदै आएको छ । 
धर्मग्रन्थका अनुसार ॐ  भगवान शिवसका रुप मन्त्र हो  । शिवलाई प्रशन्न पार्नको लागि ॐ को जप पनि  पर्याप्त हुने विश्वास छ  । 
 ॐ एक शब्द मात्रै हैन यो एक ध्वनी अर्थात मन्त्र हो । जसको उपयोग हाम्रो ऋषि मुनी ध्वान  तथा स्वास्थ्य लाभको लागि  गर्ने गर्थे । 
ॐ अ, उ, व, म मिलेर बनेको हो । अर्थात ॐ उच्चारण गर्दा स्वास लिँदा र छोड्दा हुने यी  शब्दहरु आउँछन् । 
यसको कमसेकम दैनिक १० देखि ११  पटक उच्चरण गर्नु ठीक हसने बताइन्छ । जसका कारण  शरीरमा विशेष कम्पन पैदा हुन्छ ।   जसले ऊर्जाशील बनाउँछ । 
ॐ जप निरन्तर गर्दा हुने ५ फाइदा
–    ॐ को उच्चारण गर्दा गलामा कम्पन उत्पन्न हुन्छ । जसले थाइराइड नियन्त्रणमा सहयोग पुग्छ । 
–    यो तनाव वा थकान हटाउन सहयोगी हुन्छ । शरीरबाट विषालु तत्व बाहिर जान्छन् । 
–    ॐ बाट पाचन प्रक्रियामा  पनि सहयोग पुग्छ ।  पेटसँग सम्बन्धित अन्य रोग नियन्त्रणमा पनि सहयोग पुग्छ ।
–    यो उच्चारण गर्दा अनुहारको चमक बढ्छ ।
–    निद्रा नआउनेलगायतका समस्या तथा मानसिक र समस्याको समाधानमा पनि यो सहयोगी हुन सक्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया