पाकिस्तानी प्रधानमन्त्री न्यूयोर्कमा, साउदी राजासँग भेटवार्ता

आइतबार, ०५ असोज २०७६, १६ : ३३

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री इमरान खान न्यूयोर्क आइपुगेका छन् ।

उनले न्यूयोर्कमा उच्चस्तरीय भेटवार्ता पनि सुरु गरिकेका भएको भ्रमणमा सँगै रहेका पाकिस्तानी सरकारी अधिकारीहरुले जनाएका छन् । 
प्रधानमन्त्री खान साउदी युवराज मोहम्मद बिन सल्मानको “विशेष विमान”मा शनिबार न्यूयोर्क आएका हुन् ।

न्यूयोर्क पुगेपछि पत्रकारहरुसँग कुरा गर्दै पाकिस्तानका विदेश मन्त्री शाह मेहमुद कुरेशीले विदेशी नेताहरुसँगको भेटका क्रममा प्रधानमन्त्री खानले काश्मिर मामिलालाई प्राथमिकता दिने बताए । 

प्रधानमन्त्री खानको यो भ्रमण सात दिने रहेको पनि उनले जानकारी दिए । न्यूयोर्क आउनुअघि उनी साउदी अरब जानु भएको थियो । 

साउदी अरबको दुई दिने भ्रमणपछि त्यतैबाट उनी साउदी युवराजको विमानबाट न्यूयोर्क आएका हुन्  । 

दुवै मुस्लिम राष्ट्रका युवराज र प्र्रधानमन्त्रीले काश्मिर क्षेत्रका मुस्लिम समुदायका बारेमा छलफल गरेको अधिकारीहरुले जनाएका छन् । 

उनीहरुले राष्ट्रसंघको महासभामा पनि काश्मिरका बारेमा कुरा उठाउने बताउनु भएको छ । खानले यही सेप्टेम्बर २७ तारिखका दिन महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  
 

आइतबार, ०५ असोज २०७६, १६ : ३३

प्रतिक्रिया