निर्भयाका चार बलात्कारीलाई फाँसी दिने तयारी

विहीबार, १४ कार्तिक २०७६, ११ : १०

भारतको दिल्लीमा सन् २०१२ को डिसेम्बर १६ तारिखमा निर्भयाको सामूहिक बलात्कार गर्ने चारैजना दोषी मुकेश सिंह, अक्षय कुमार सिंह, विनय शर्मा र पवन कुमारलाई फाँसी दिने तयारी सुरु भएको छ । तिहाड जेल प्रशासनले मृत्युदण्डविरुद्ध यदि सात दिनभित्र राष्ट्रपतिसँग दयाको गुहार नगरे फाँसीको कारवाही सुरु गरिने जानकारी दिइसकेको छ ।


सर्वोच्च अदालतले गत वर्ष जुलाईमा चारैजनाको पुनर्विचार याचिका खारेज गरेको थियो । तर उनीहरुले अहिलेसम्म दयाको गुहार लगाएका थिएनन् । यो उनीसँग उपलब्ध अन्तिम विकल्प हो ।

विहीबार, १४ कार्तिक २०७६, ११ : १०

प्रतिक्रिया