काठमाडौँ । व्यापारी रुपज्योतिलाई ठगी अभियोगमा प्रहरीले पक्राउ गरेको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठगी आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप उनीमाथि छ । रुपज्योति पूर्व अर्थसहायकमन्त्री समेत हुन् ।
जिल्ला अदालत काठमाडौंले गत वर्ष मंसिरमा ठगी मुद्दामा ज्योतिलाई पक्राउ गर्न अनुमति दिएको थियो। तर उनी त्यसविरुद्ध सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए। त्यसको २ वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला सुनाएको थियो।
सर्वोच्चको उक्त फैसलासँगै प्रहरीलाई रुप ज्योति पक्राउ गर्न बाटो खुलेको थियो ।
उनलाई विदेशबाट फर्कँदा फर्कद्यै विमानस्थलबाट पक्राउ गरिएको हो ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।