कर्णाली ‘हेल्थ डेस्क’मा ४२ हजारको परीक्षण

शुक्रबार, ०७ चैत्र २०७६, ११ : ४५

नोबेल कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखेर कर्णाली प्रदेश सरकारले छ स्थानमा ‘हेल्थ डेस्क’ स्थापना गरेको छ ।

 कर्णालीका १० वटै जिल्लाका विभिन्न नाकामा हेल्थ डेस्क स्थापना भएको स्वास्थ्य निर्देनालयले जनाएको छ । 

अन्य क्षेत्रमा पनि हेल्थ डेस्क स्थापनाको काम भइरहेको बताइएको छ । 

अहिलेसम्म हेल्थ डेस्कमा ४२ हजार ३०० को स्वास्थ्य परीक्षण गरिएको निर्देशनालयका सूचना अधिकारी लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार परीक्षण भएकामध्ये ८० मा १००।४ डिग्री ज्वरो आएको पाइएको छ ।

 ज्वरो देखिएकालाई घरमा सर्तक भएर बस्न आग्रह गरिएको उनले बताए। उनीहरुलाई मौसमी रुघाखोकी र ज्वरोबाहेक अन्य समस्या नदेखिएको उनले बताए । 

भट्टराईका अनुसार सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर प्रदेश सरकार र स्थानीय तहले प्रवेश गर्ने नाकामा हेल्थ डेस्क स्थापनाको कामलाई तीव्रता दिइएको हो । 

त्यसैगरी सङ्क्रमणबाट जोगिन प्रचारप्रसारका कामलाई पनि तीव्रता दिइएको छ । 

प्रदेश सरकारले सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना बबई, पञ्चपुरीको जामुलगायतका स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । 

यसैगरी सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्थानीय तहले पनि हेल्थ डेस्क स्थापना गरेका छन् ।

शुक्रबार, ०७ चैत्र २०७६, ११ : ४५

प्रतिक्रिया