नवलपरासी रामग्रामका एकजना बिरामीले कोरोना भाईरस (कोभिड १९)को परिक्षण गर्न मूख्यमन्त्रीको सोर्स लगाउनु परेको छ ।
उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पत्ताल पुगेका एकजना बिरामी रुपन्देही, परासी हुँदै काठमाडौं पुगेर पनि उपचार नभएपछि प्रदेश ५ का मूख्यमन्त्रीको निर्देशनपछि मात्र जाँच गरिएको हो।
चार दिनसम्म ८ अस्पत्तालमा पुग्दा पनि उपचार हुन नसकेपछि नवौं अस्पत्तालको रुपमा प्रादेशिक अस्पत्तालमा भर्ना गरिएको हो ।
चैत ३ गते पृथ्वीचन्द्र अस्पताल परासीमाले कोरोनाको आशंकामा रिफर गरेका उनलाई,लुम्बिनी प्रादेशिक अस्पताल, चितवनको पुरानो मेडिकल कलेज, काठमाडौंको कलंकीस्थित नेपाल नेशनल अस्पताल, सीतापाइलाको अर्को निजी अस्पतालले भर्ना लिएनन् ।
त्यसपछि बिरामीलाई रुपन्देही फर्काएर क्रिमसन अस्पताल प्रादेशिक अस्पताल बुटवल, देवदह मेडिकल कलेजबाट फेरी पृथ्वी चन्द्र अस्पताल परासीमै पुर्याएपनि भर्ना कुनै अस्पत्तालले भर्ना लिएनन् ।
त्यसपछि मूख्यमन्त्रीको निर्देशनमा चैत ६ गते साँझ प्रादेशिक अस्पताल बुटवलमा उनको भनाई गरिएको बिरामीका आफन्तले जनाएका छन् ।
बिरामी भर्ना नलिने ती अस्पत्तालमध्ये कुनैले आइसोलेसन बेड खाली नभएको र कतिले सुरक्षा किट नभएको भन्दै भर्ना नलिएको आफन्तको गुनासो छ ।
ति बिरामीलाई कोरोना भाइरसको संक्रमण भए÷नभएको पत्ता लगाउन स्वाब संकलन गरी आज शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाउने तयारी भइरहेको प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले बताए ।
प्रतिक्रिया