मन्त्री यादव सहित मन्त्रालयका ७ जनालाई कोरोना भाइरस संक्रमण

३ बर्ष अगाडि

नेपालमा बढ्दो क्रममा रहेको कोरोना भाइस (कोभिड–१९)बाट पछिल्लो पटक एकजना मन्त्रीपनि संक्रमित भएका छन् । प्रदेश–२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई पोजिटिभ देखिएको छ । र

बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादव सहित मन्त्रालयका अन्य ७ जनामा पनि कोरोना पुष्टि भएको छ ।

संक्रमित कर्मचारी २८ देखि ५२ वर्ष उमेर समूहका छन् । उनीहरूको पद भने खुलाइएको छैन । 

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का ६ कर्मचारी र सामाजिक विकास मन्त्रालयका ३ कर्मचारीको पीसीआर रिापोर्ट पोजिटिभ आएको थियो ।  

मन्त्री यादवलाई मधेस भवनमा रहेको निवासकै आइसोलेसनमा राखिएको स्रोतले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया