अर्थमन्त्रीबाट हटेका खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार

३ बर्ष अगाडि

सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषलद बैठकले मन्त्री सरहको सेवा सुबिधा पाउने गरी प्रधानमन्त्रीको बिशेष आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएको ज्ञवालीले जानकारी दिए । 

‘डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार मन्त्री स्तरीय सुविधा पाउने गरी नियुक्त गर्ने निर्णय गरिएको छ’, सरकारका प्रवक्ता ज्ञवालीले भने ।

सत्तारुढ दल नेकपाले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णयसँगै डा.खतिवडाले यही भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । 

राष्ट्रियसभामा दुई वर्षका लागि मनोनित भएका खतिवडाको समय सकिएपछि पनि  ६ महिना संसद नभएपनि मन्त्री बनेका थिए । 

प्रधानमन्त्री केपीको बिशेष आर्थिक सल्लाहकारका रूपमा खतिवडाले मन्त्रीसरहको सुविधा पाउनेछन् । 

 

३ बर्ष अगाडि

प्रतिक्रिया