कारोबारको अन्तिम समयसम्म आउँदा ५ अंकले बढयो नेप्से

३ बर्ष अगाडि

आज  नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ५.३६ अंकले बढेको छ ।

आज ११ बजे १५३६.०४ को बिन्दुबाट सुरु भएको कारोबार उकालो ओरालोको यात्रा तय गर्दै ३ बजे सम्म आउँदा ०.३५ प्रतिशतले बढेर  १५४१.४० को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये बैकिं उपसमुह भने ओरालो लागेको छ ।

आज कारोबारमा अन्तिम समयसम्म आएका  १९४ कम्पनीको ६३ लाख ६ हजार ६३६  कित्ता शेयर ३० हजार २४९  पटक खरिद विक्री हुदाँ १ अर्ब ८२ करोड १ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले २ लाख ६८ हजार ४४० कित्ता शेयर खरिद विक्री हुदाँ ९५ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भई उच्च स्थानमा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया