पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु , मृतकको संख्या ३७९  पुग्यो

३ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सरकारका अनुसार अहिलेसम्म ३७९ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

अहिले देशभरि १६,२४८ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ८,५४१ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको मन्त्रालयले जनाएको छ।

प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या धेरै छ।

त्यसमा पनि काठमाण्डू उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।

३ बर्ष अगाडि

प्रतिक्रिया