लिवर्टी इजर्नी र समाज लघुवित्तको शेयर कारोबार आगामी सातादेखि, कहाँ पुग्यो प्रक्रिया ?

३ बर्ष अगाडि

काठमाडौं – समाज लघुवित्त वित्तिय संस्था र लिवर्टी इनर्जी कम्पनीको शेयर कारोबार आगामी साता देखि सुरु हुने भएको छ । अहिले दुवै कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर सुचीकरणको प्रक्रिया अगाडि बढाएका छन् । सम्भवत आमगी आइतबार नै सुचीकरणको प्रक्रिया सकिने र लगत्तै कारोबार पनि सुरु हुने बताइएको छ । 
उक्त दुई कम्पनीले गत भदौ १५ गते एकैदिन आईपीओ बाँडफाँड गरेको थिए । 
नेप्सले दुवै कम्पनीको आवश्यक कागजत्र प्राप्त गरि सुचीकरण प्रक्रिया अगाडि बढाएको बताएको छ । 
समाज लघुवित्तले गत भदौ ४ गते देखि ८ गतेसम्म ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो । अब त्यसमा संस्थापक शेयर सहित २ लाख कित्ता शेयर नेप्सेमा सुचिकृत हुनेछ । 
यस्तै, लिवर्टीले पनि आयोजना  प्रभावित स्थानीयका लागि साउन ७ गतेदेखि साउन २१ गतेसम्म र सर्वसाधारणका लागि भदौ ३ गतेदेखि ७ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । 
कम्पनीको संस्थापक र सर्वसाधारण तर्फको गरेर कुल १ करोड ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया