मेरो शेयर एप सार्वजनिक, तर माई आश्वा भित्रको सुविधा राखिएन

३ बर्ष अगाडि

काठमाडौं – मेरो शेयरको मोवाइल एप्स सार्वजनिक भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले परिक्षणका लागि बुधबार उक्त मोवाइल एप सार्वजनिक गरेको हो । 
सीडीएससीले उक्त एपको आन्तरीक परिक्षण गरेर हिजा सर्वसाधारणका लागि सार्वजनिक गर्न लागिएको हो । 
पहिलो चरणमा एनड्रोईड मोेवाइलमा मात्र यो डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ । आईओएस सिस्टमको मोवाइल फोनको लागि पनि एप तयार गरिनेछ ।
हालसम्म मेरो शेयरको सफ्टवयर वेवबेस मात्र रहेको थियो । अब उक्त मोवालइ एप मार्फत पनि मेरो शेयर मार्फत गर्न सकिने काम हरु गर्न सकिने छ । 
हालको वेव भर्जनमा भएका सुविधा मध्ये माई आश्वाको सुविधा मात्र उक्त एमा छैन । यद्यपि,निकट भविष्यमा त्यो सुविधा पनि हुने सिडिएससीले बताएको छ । 

सिडीएससीले एम मार्फत सेवा प्रदान गर्दा थप सहज र चुस्तता हुने बताएको छ । यद्यपि, सिडिएससीले परिक्षण अवधीमा होसियार भएर एप मार्फत कारोबार गर्न आग्रह गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया