सोल्टी र ह्यात होटेलको शेयर मुल्यमा सकारात्मक सर्किट

३ बर्ष अगाडि

काठमाडौं – बिहीबार सोल्टी र ह्यात होटेलको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । आज उक्त दुवै कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ । 
हिजो सोल्टी होटलको शेयर मुल्य १८० रुपैयाँ थियो । आज त्यो १० प्रतिशतले बढेर १९८ रुपैयाँ पुगेको छ । उक्त होटेलको शेयर खरिद गर्ने लगानी कर्ताको उच्च चाप छ । तर, बिक्री गर्ने लगानीकर्ता कोही आएका छ्रैनन् । 
यस्तै, तारागाउँ होटेल रेजेन्सी अर्थात् ह्यात होटलको हिजोको शेयर मुल्य २४० रुपैयाँ थियो । आज त्यो २४ अंकले बढेर २६४ रुपैयाँ पुगेको छ । उक्त कम्पनीको शेयर खरिद गर्ने लगानीकर्ताको चाप छ । तर, बिक्री गर्न कोही आएका छैनन् । 
सरकारले झण्डै ६ महिना लामो लकडाउन पछि आजदेखि होटेल लगायतका यातायात क्षेत्र खुल्ला गरेको छ । फलस्वरुप होटेल क्षेत्रमा लगानीकर्ताको आर्कषण बढेको हो । 

सोल्टी होटेलको मार्केट डेप्थ

ह्यात होटेलको मार्केट डेप्थ

३ बर्ष अगाडि

प्रतिक्रिया