दुई घण्टामा शेयर बजार ३० अंक माथि, तीन दर्जनभन्दा बढी कम्पनीहरुको शेयरमा सकारात्मक सर्किट

३ बर्ष अगाडि

आज असोज महिनाको पहिलो कारोबार दिन नेप्से परिसूचक ३० अंकले उकालो लागेको छ । 

कारोबार सुरु भएको दुई घण्टा सम्म आइपुग्दा परिसूचक ३०.७० अंकले बढेर १५ सय ७२.१० को विन्दुमा पुगेको हो । 

आज कारोबारमा आएको तिन दर्जनभन्दा बढी कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ।

त्यस्तै, आज कारोबारमा आएका १ सय ६८ कम्पनी मध्य १४० कम्पनीको शेयर मूल्य बढेको छ भने २४ कम्पनीको शेयर मुल्य घटेको छ ।

यसमध्ये अधिकांश जलविद्युत कम्पनी रहेका छन्।
 

३ बर्ष अगाडि

प्रतिक्रिया