पछिल्लो २४ घण्टामा थपिए १२ सय ४६ जना नयाँ संक्रमित , १२ सयभन्दा बढी डिस्चार्ज

३ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ७ सय ७३ पुगेको स्वास्थ्य मन्त्रालय जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १२४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ७ हजार ८ सय ८३ जना क्वारेन्टिनमा छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया