लगानीको लागि नयाँ अवसर, जनरल इन्स्योरेन्सको आईपीओ असोज ११ गतेदेखि सर्वसाधारणको  लागि बिक्री खुला

३ बर्ष अगाडि

जेनरल  इन्स्योरेन्स कम्पनीलेअसोज ११ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ।

इन्स्योरेन्स कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। 

निष्काशन गर्न लागेको उक्त शेयर मध्य १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको र सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको कम्पनीको आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

 ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन पश्चात पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया