पछिल्लो २४ घण्टामा थपिए १२ सयभन्दा बढी  सङ्क्रमित , थप ११ जनाको मृत्यु

३ बर्ष अगाडि

शनिवार  नेपालमा पछिल्लो २४ घण्टामा थप १,२०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६२,७०० नाघेको छ।

सो अवधिमा ११ जनाको मृत्यु भएको मन्त्रालयलको तथ्याङ्कले देखाउँछ।

हालसम्म ४०१ जनाको कोरोनाका कारणले मृत्यु भएको छ।

अहिले देशभरि १७,१२९ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये ९,१५३ जना संस्थागत आइसोलेशनमा र अरू ७,९७६ जना घरमै भएको मन्त्रालयले जनाएको छ।

सक्रिय सङ्क्रमितमध्ये ९,५१४ अर्थात् आधाभन्दा बढी वाग्मती प्रदेशका जिल्लामा छन्। त्यसमा पनि काठमाण्डू उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।

कोरानाका  कारणले अहिले मृत्यु पुष्टि भएकामध्ये छ महिला र चार पुरुष छन्।

उनीहरूको उमेर ४५ देखि ७७ वर्ष भएको मन्त्रालयले जनाएको छ।

मृतकमध्ये पाँच जना काठमाण्डू उपत्यका र एक(‍एक जना मोरङ, रौतहट, सर्लाही, मकवानपुर, रूपन्देही र बाँकेका हुन्।

नेपालमा मृत्यु हुने सङ्क्रमितको प्रतिशत ०.६४ छ।

विगत २४ घण्टामा १०,३३३ वटा नमुनाको परीक्षण भएको जानकारी मन्त्रालयले दिएको छ।

सो अवधिमा १,४४७ जना रोगमुक्त प्रमाणित भए। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ४५,२६७ जना अर्थात् ७२ प्रतिशत सङ्क्रमित निको भइसकेका छन्।

गम्भीर लक्षण भएका बिरामीमध्ये १७९ जना सघन उपचारमा र ३५ जना भेन्टिलेटरमा भएको जानकारी मन्त्रालयले दिएको छ।

अहिले देशभरि ७,७३५ जना क्वारन्टीनमा छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया