नागरिक लगानी कोषको संस्थापक शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन

३ बर्ष अगाडि

नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने  आइतबार अन्तिम दिन रहेको छ ।

उक्त शेयर प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर हो ।

उक्त शेयरमा इच्छुक र आवेदन योग्य संस्थाले न्यूनतम १०० कित्तादेखि १० ले भाग जानेगरी अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

उक्त शेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रतिकित्ता न्युनतम २ हजार ३०० रुपैयाँमा तोकेर प्रतिशपर्धात्मक आवेदन गर्नुपर्नेछ।

बोलपत्र बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय सेन्ट्रल प्लाजा नक्साल, र प्रिमियर इन्स्योरेन्सको केन्द्रिय कार्यालय नारायणचौर नक्सालबाट बुझाउन सकिनेछ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया