हिमालयनसँग मर्जरमा जानेबारे जानकारी नगराएको भन्दै नेप्सेले सिभिलसगँ माग्यो स्पष्टिकरण

३ बर्ष अगाडि

हिमालयन बैंक सँग मर्जमा जाने चर्चा चले सगैँ सिभिल बैंकको शेयर मूल्य आज एक्कासी बढे्को छ ।

तर, बैंकले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई मर्जमा जाने विषयमा जानकारी नगराएको भन्दै नेप्सेले बैंकसँग लिखित जवाफ माग गरेको छ ।

नेप्सेले आज एक विज्ञप्ती निकाल्दै विभिन्न संचार माध्यममा हिमालयन बैंक र सिभिल बैंकको मर्जरको विषयमा समाचार प्रकाशन भए पनि नेप्सेलाई त्यो बारे जानकारी नभएको बताएको हो ।

नेप्सेले सोमबार बजार खुल्नु भन्दा अगाडी नै लिखित जवाफ पठाउन बैंकलाई निर्देशन दिएको छ ।

उता, दुई बैंकबीच यस अघि नै अनौपचारिक रुपमा मर्जमा जाने सहमति भईसकेको स्रोतले बताएको छ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया