करिब ६ लाख कित्ता अवितरित हकप्रद लिलाम बिक्री गर्दै गुराँस लाइफ

३ बर्ष अगाडि

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले करिब ६ लाख कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ।

कम्पनीले यस अघि निष्काशन गरेको  हकप्रद शेयर मध्य आवेदन नपरेको ५ लाख ९० हजार १४ कित्ता शेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।

यस अघि कम्पनीले  असार १४ गतेदेखि साउन ४ गतेसम्म  हकप्रद शेयर  बिक्री खुला गरेको थियो ।

लिामी मार्फत बिक्री गरिने शेयरमध्ये ३ लाख ३७ हजार ५६५ कित्ता संस्थापक समूहको शेयर रहेको छ भने २ लाख ५२ हजार ४४९ कित्ता शेयर सर्वसाधारण समूहको रहेको छ।

 न्यूनतम मूल्य १०० रुपैयाँ रहेको सो शेयर खरिदका लागि असोज १३ गतेदेखि १९ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्नपर्नेछ।

उक्त शेयरमा  न्यूनतम १०० कित्ता र  अधिकतममा १० अंकले भाग जाने संख्यामा आवेदन दिन सकिनेछ ।

इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया