असोज १६ गतेदेखि समृद्धि फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने

३ बर्ष अगाडि

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ।

कम्पनीले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद यहि असोज १६ गतेदेखि निष्काशन गर्न लागेको हो ।

हकप्रद निष्काशनका लागि फाइनान्सले भदौ १२ गते बुकक्लोज गरेको ले  भदौ ११ गते बिहीबारसम्म कायम यस फाइनान्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

फाइनान्सले एक सय रुपैयाँ अंaकित दरका ३६ करोड ३९ लाख ६० हजार ६०० रुपैयाँ बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद जारी गर्नेछ।

फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।  

३ बर्ष अगाडि

प्रतिक्रिया