यस वर्ष शिखर इन्स्योरेन्सका शेयरधनीको हात खाली, लाभांश वितरण नगर्ने

३ बर्ष अगाडि

यो वर्ष शिखर इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको छ ।

इन्स्योरेन्सको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७५/७६ को नाफाबाट लाभांश वितरण नगरी जगेडा कोष कायम गर्ने निर्णय गरेको हो ।

त्यस्तै, कम्पनीको २०७६/७७ को वित्तीय विवरणहरुको सैद्धान्तिक स्विकृतिको लागि बीमा समिति समक्ष पश गर्ने निर्णय गरेको छ।

कम्पनीले दुवै आर्थिक वर्षको साधारणसभा छिट्टै सम्पन्न गर्ने जनाएको छ ।

कम्पनीलेले आर्थिक वर्ष २०७५/७६ मा ४७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया