दोहोरो अंकले घट्यो नेप्से , दुई अर्ब ८१ करोडभन्दा बढीको कारोबार

३ बर्ष अगाडि

आज  नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ २२.९१ अंकले घटेको छ ।

आज ११ बजे १५६९.०६ को बिन्दुबाट सुरु भएको कारोबार  गर्दै ३ बजे सम्म आउँदा १.४६ प्रतिशतले घटेर  १५४६.१५ को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये सबै उपैसमुह  ओरालो लागेका छन ।

आज कारोबारमा अन्तिम समयसम्म आएका  १९९ कम्पनीको ७८ लाख ५० हजार ६५  कित्ता शेयर ४७ हजार ८७६  पटक खरिद विक्री हुदाँ २ अर्ब ८१ करोड ४ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया