संस्थापक शेयर लिलाममा बिक्री गर्दै आरएमडीसी लघुवित्त

३ बर्ष अगाडि

आरएमडीसी लघुवित्तले  १६ हजार कित्ता बढी संस्थापक शेयर लिलाममा बिक्री गर्ने भएको छ ।

उक्त शेयर  लघुवित्तका  संस्थापक सदस्यले बिक्रि गर्न खोजेकोले शेयर लिलामीमा आउने भएको हो ।

कम्पनीका विभिन्न ३ संस्थापक सदस्यले १६ हजार ५ सय १० कित्ता शेयर बिक्रि गर्न लागेको हुन् ।

उक्त शेयरको लागि कम्पनीका हाल कायम संस्थापकलाई नै प्राथमिकता दिईने कम्पनीले जनाएको छ । कम्पनीले खरिदकर्तालाई ३५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।

उक्त लिलामी शेयरमा एनआईसी एसिया क्यापिटलको कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया