युनाईटेड इदी–मार्दीको आईपीओमा आजबाट आवेदन खुला

३ बर्ष अगाडि

युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीले आजबाट साधारण शेयर आईपीओ जारी गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागी एक सय रुपैयाँ अंकित दरमा ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

यो कम्पनीको पहिलो चरणको शेयर निष्काशन हो । 

दोस्रो चरणमा कम्पनीले ६ करोड ३० लाख रुपैयाँ बराबरको  ६ लाख ३० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

कम्पनीले निष्काशन गर्न लागेको आइपीओमा स्थानीयले छिटोमा असोज ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा कात्तिक ५ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया