साताको अन्तिम दिन : झिनो अंकले बढ्यो , कारोबार रकम झन्डै साढे १ अर्ब

३ बर्ष अगाडि

काठमाडौं। आज साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)  परिसुचक झिनो अंकले बढेको छ । 

आज ११ बजे १५६१.१५ को बिन्दुबाट उकालो ओरालोको यात्रातय गर्दै ४ घण्टाको अवधिसम्म आइपुग्दाँ १.२९ अंकले बढेर १५६२.४६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । ३ बजेसम्म आइपुग्दा नेप्से परिसुचक ०.०८ प्रतिशतले बढेको छ ।

यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये ६ उपसमुह बढेका छन ।

त्यसैगरी अन्तिम समयसम्म कारोबारमा आएका १९६ कम्पनिको ४९ लाख ९४ हजार ३६७ कित्ता शेयर २३ हजार ८९ पटक खरिद विक्री हुदाँ १ अर्ब ४२ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै कारोबारमा आएका कम्पनिमध्ये  नेपाल रिइन्सुरेन्स कम्पनिले ७ करोड ४० लाख ८४ हजार  रुपैयाँ बराबरको कारोबार गरी उच्च स्थानमा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया