बेलायतमा कोरोनााभइरसका कारण मे पछि मंगलबार एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार एकै दिनमा ३६७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ४५ हजार ३६५ पुगेको छ ।
बेलायतमा थप २२ हजार ८८५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार बेलायतमा अहिलेसम्म कुल नौ लाख १७ हजार ५७५ जना सङ्क्रमित भएका छन् ।
बेलायतका पब्लीक हेल्थ मेडिकल डाइरेक्टर डा। यभोन्ने डोयलेले सङ्क्रमण र यसबाट हुने क्षति बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन । उनले भनेका छन, “निरन्तर उस्तै छ ।”
उनले अहिलेसम्मको प्रबृत्ति हेर्दा मृत्यु हुनेको संख्या बढ्दै गएको र अझै बढ्न सक्ने अनुमान समेत गरेका छन।
“हामीले हरेक दिन धेरै मानिसको परीक्षण गरिरहेका छौँ, अस्पताल प्रशासनले उनीहरुको संख्या बढिरहेको बताउने गरेका छन्, यस बारेमा अझ गम्भीर हुन जरुरी छ, अझ धेरै सूचित हुन आवश्यक छ,” उनले भने ।
बेलायती राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि सार्वजनिक गरेको विवरणमा मृतक र सङ्क्रमितहरुको हप्ताभरीको संख्यामा पनि बृद्धि भएको देखिएको छ ।
बीचमा केही समय घटेको देखिएपनि अहिले फेरि बढ्दै जानु थप चिन्ताको विषय भएको अधिकारीहरुले बताएका छन् ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।