राससका महाप्रबन्धकलाई कोरोना सङ्क्रमण

३ बर्ष अगाडि

राष्ट्रिय समाचार समिति९रासस०का महाप्रबन्धक ओपेन्द्र शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

उनका परिवारका सदस्यलाई पनि केही दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । महाप्रबन्धक शर्मा होम आइसोलेशनमा छन् । 

स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्दागर्दै आफू सङ्क्रमित हुन पुगेको बताउँदै उनले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई आइसोलेशनमा रहन र आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरे । 

स्वास्थ्य मापदण्ड पालना गर्दै उहाँनी नियमित कार्यालयमा उपस्थित थिए। महाप्रबन्धक शर्मासँगै उनका चालक लीलाराम देवकोटालाई पनि आजै सङ्क्रमण पुष्टि भएको छ र उनी पनि होम आइसोलेशनमा छन् । उनीहरु दुवैलाई शरीर दुख्ने, खोकी लाग्नेजस्ता कोरानाका सामान्य लक्षण देखिएका छन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया