सोमबार थपिए  १,९८० जना नयाँ सङ्क्रमित , कुल सङ्क्रमितको सङ्ख्या दुई लाख २२ हजार नाघ्यो

३ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा १,९८० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २२,००० नाघेको छ।

नेपालमा १,३३७ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको सरकारको तथ्याङ्कले देखाउँछ।

पछिल्लो २४ घण्टाको अवधिमा थप ३,०४३ जना सङ्क्रमणमुक्त भएका छन्।

अहिलेसम्म कुल दुई लाख २,०६७ जना निको भएको सरकारी तथ्याङ्क छ। यससँगै सङ्क्रमित निको हुने दर ९०.९ प्रतिशत पुगेको छ। अहिले देशभरि १८,८८४ जना सक्रिय सङ्क्रमित छन्। यो सङ्क्रमितको कुल सङ्ख्याको ९.५ प्रतिशत हो।

विगत २४ घण्टामा काठमाडांैमा ७७९ जनासहित उपत्यकामा १,००७ सङ्क्रमित फेला परेका हुन्। उपत्यकामा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १०,७९३ छ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया