एनसेलले बोलायो साधारणसभा

३ बर्ष अगाडि

एनसेल आजियाटाले साधारण सभा आवहान गरेको छ ।

पब्लिक कम्पनीमा रुपान्तरण भएपछि एनसेलको यो पहिलो साधारणसभा हो ।

कम्पनीको साधारणसभा यही मङ्सिर ३० गते बिहान १० बजे आफ्नै कार्यालयमा हुने छ ।

कम्पनीले सभामा कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । त्यस्तै साधारण प्रस्तावमा लाभांश प्रस्ताव पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन पारित गर्ने, स्वतन्त्र संचालक नियुक्त गर्ने, संचालकहरुको भत्ता तय गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया