पछिल्लो  २४ घण्टामा  १,९४८ जनामा  सङ्क्रमण पुष्टि , थप २८ जनाको मृत्यु

३ बर्ष अगाडि

नेपालमा पछिल्लो  २४ घण्टामा  १,९४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र २८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।

सो अवधिमा ९,२१० जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २६ हजार नाघेको छ।

मन्त्रालयले प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप ३,१४० जना सङ्क्रमणमुक्त भएका छन्। अहिलेसम्म कुल दुई लाख ७,९९८ निको भएको सरकारी तथ्याङ्क छ। हाल मुलुकभर सक्रिय सङ्क्रमितको संख्या  १६,६३९ रहेका छ ।

अहिले काठमाडौंम ६३५ जनासहित उपत्यकामा ८३५ सङ्क्रमित भेटिएका हुन्।

३ बर्ष अगाडि

प्रतिक्रिया