क्रिकेटर सन्दीप लामिछाने पनि काेराेना संक्रमित

३ बर्ष अगाडि

काठमाडौं । महामारीको रुप लिएको कोरोना भाईरसबाट क्रिकेटर सन्दीप लामिछाने पनि संक्रमित भएका छन् ।

गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएपछि परिक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको लामिछानेले सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् ।

उनले शनिबार बिहान ट्वीट गर्दै अहिले भने स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् ।

अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईंहरु मलाई आशिर्वाद दिनुस् ।’

३ बर्ष अगाडि

प्रतिक्रिया