धितोपत्र वोर्डले प्रभु लाइफलाई दियो आईपीओ निष्काशनको अनुमति

३ बर्ष अगाडि

धितोपत्र वोर्डले प्रभु लाइफ प्रभु लाइफ इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । 

बिहिबार बोर्डले इन्स्योरेन्सलाई आईपिओ निष्काशन गर्न अनुमति दिएको हो ।

अब कम्पनीले  ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्नेछ ।

आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

यस अघि कम्पनीले शेयर निष्काशन माग गर्दै गत असोज २१ गते बोर्डमा आवेदन गरेको थियो ।

कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडलाई रहेको छ ।

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया