अमेरिकामा फाइजर भ्याक्सिन लगाएको १६ दिनपछि डाक्टरको मृत्यु

३ बर्ष अगाडि

एजेन्सी- अमेरिकामा कोरोना भ्याक्सिन लगाएपछि एक डाक्टरको मृत्यु भएको बताइएको छ । अमेरिकाको मियामी शहरमा ५६ वर्षीय ग्रेगरी माइकलले फाइजरको कोरोना भ्याक्सिन लगाएको १६ दिनपछि मृत्यु भएको हो । 

डाक्टर ग्रेगरीकी श्रीमती हेइदी नेकेलमानका अनुसार उनका श्रीमानलाई कोरोना भ्याक्सिन लगाउनुभन्दा पहिले पूर्ण रुपमा स्वस्थ थिए । उनको अचानक रोग प्रतिरोधक क्षमतासँग सम्बन्धित दुर्लभ रोग भएपछि हृदयघातका कारण मृत्यु भयो । उनकी श्रीमतीले फाइजरको कोरोना भ्याक्सिनले कतै न कतै उक्त रोग सिर्जना गराएको बताएकी छन् । 

अमेरिकी फाइजर कम्पनीले उक्त मृत्युमा आफ्नो स्पष्टीकरण दिएको छ । फाइजर कम्पनीका अनुसार, डाक्टर ग्रेगरीको अधिक असामान्य तरिकाबाट मृत्यु भएको यस सम्बन्धी अनुसन्धान भइरहेको छ । 

यद्यपि भ्याक्सिन र डाक्टर ग्रेगरीको मृत्यु बारे कुनै सिधा सम्बन्ध छ भन्ने कुरा नमान्ने  कम्पनीका प्रवक्ता बताएका छन् ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया