नेप्सेमा साढे ११ अर्बको साधारण शेयर सुचिकृत

३ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो ५ महिना अर्थात् मंसिरसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ११ अर्ब ४१ करोड रुपैयँ बराबरको साधारा शेयर सुचिकृत भएको छ । नेपाल राष्ट्र बैंकको मंसिरसम्मको तथ्यांकले यस्तो देखाएको हो । 

यस्तै, नेप्सेमा  रु.१ खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, रु. ५ अर्ब ८० करोड बराबरको बोनस शेयर, रु. ७ अर्ब बराबरको डिबेन्चर सुचिकृत भएको छ ।

यसैगरि रु.२ अर्ब ५० करोड बराबरको हकप्रद शेयर र रु.६५ करोड बराबरको म्युचुअल फण्ड पनि नेप्सेमा सुचिकृत भएको  । समग्रमा यस अवधीमा कुल रु. १ खर्ब ७७ अर्ब ३७ करोडको धितोपत्र सुचिकृत भएको राष्ट्र बैंकको भनाइ छ ।

यस्तै, समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.५ अर्ब ४ करोड बराबरको डिबेन्चर, रु.२ अर्ब २ करोड बराबरको साधारण शेयर, रु.५३ करोड ३७ लाख बराबरको हकप्रद शेयर र रु.५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.८ अर्ब १० करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको पाइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया