सिमेन्ट उत्पादक कम्पनी सोनापुर मिनरल्सले आईपिओ निष्काशन गर्ने, बोलायो साधारण सभा

माघ १, २०७७ | आजको अर्थ
ajaako_artha

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आफ्नो तोह्रैँ वार्षिक साधारण सभा आह्वान गरेको छ । 

कम्पनीले प्रिमियममा आईपिओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित माघ २२ गते सभा बोलाएको हो । 

उक्त सभा कम्पनीको बत्तीसपुतली स्थित आफ्नै कार्यालयमा बस्ने बताइएको छ । 

सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने जस्ता विषयमा छलफल हुनेछ । 

त्यस्तै, कम्पनीले उक्त सभामा प्रिमियममा आईपिओ निष्काशन गर्ने र त्यसको लागि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने जनाएको छ । 

यस कम्पनीले नेपालमा सबै भन्दा धेरै सिमेन्ट उत्पादन गर्दै आएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८