२०१ अर्ब डलर पुग्यो एलन मस्कको सम्पत्ति, यस्तो छ उत्कृष्ट ५ धनाढ्य व्यक्तिको नेटवर्थ ?

३ बर्ष अगाडि

काठमाडौं – पछिल्लो समय विश्वको धनाढ्यहरुको सुचीमा पहिलो नम्बरमा आएका एलन मस्कको सम्पत्ति २०० अर्ब डलर भन्दा बढी पुगेको छ । केहि दिन अघि मात्र उनको सम्पत्ति १८८ अर्ब डलरको हारहारीमा थियो । तर, अहिले २०१ अर्ब डलर पुगेको ब्लुमबर्गको बिलेनायर इन्डेक्सले जनाएको छ । 
एक बर्ष अघि उनी विश्वका धनी व्यक्तिहरुको सुचीमा उत्कृष्ट २० भित्र पनि थिएनन । एक बर्षअघि उनको सम्पत्ति २९ अर्ब डलर मात्र थियो । तर, अहिले उनी बेफ बेजोस, बिल गेट्स लगायतका सर्वाधिक धनी व्यक्तिलाई पछि पार्दै पहिलो नम्बरमा आउन सफल भएका छन् । उनी स्पेस एक्सका संस्थापक तथा तथा विद्युतीय कार कम्पनी टेस्लाका सीईओ हुन् । 
गत बर्ष २९ अर्ब डलर सम्पत्ति भएका मस्कको सम्पत्ति बढ्नुमा उनको विद्युतीय कार कम्पनी टेस्ला प्रमुख मानिएको छ । हालै टेस्लाको बजार मुलय ७०० अर्ब डलर पुगेको छ । जुन संसारका ठुला कम्पनी टोयोटा, हुन्डाई, जीएमहरुको संयुक्त बजार मुल्य भन्दा पनि बढी हो । यसरी उनको सम्पत्ति बढ्न गएको बताइएको छ ।
यस्तै, यसअघि एक नम्बरमा रहेका जेफ बेजोस अहिले दोस्रो नम्बरमा पुगेका छन् । उनको सम्पत्ति १८३ अर्ब डलर रहेको छ । 
यस्तै, बिल गेट्सको १३२ अर्ब डलर, बेरनार्ड अरनौल्तको ११२ अर्ब डलर र मार्क जुगरबकको ९३ अर्ब डलर सम्पत्ति रहेको छ । पछिल्लो समय संसारको उत्कृष्ट ५ धनीमा यीनै व्यक्तिहरु रहेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया