नेपालमा कोरोना खोप ल्याउने बाटो खुल्यो, ‘कोभिसिल्ड’ प्रयोग गर्न अनुमति

३ बर्ष अगाडि

नेपालले पहिलो पटक कोरोना खोप प्रयोगका लागि अनुमति दिएको छ । 

औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको हो । 

विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो । 

उक्त खोप अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको भारतीय संस्करणको खोप हो । 

यससँगै अब नेपालमा खोप कोरोनाको खोप ल्याउन बाटो खुलेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया