इन्फ्रास्ट्रकचर बैंकको १४ अर्ब बराबरको शेयर बिक्री , कति पर्यो आवेदन ?

३ बर्ष अगाडि

नेपाल इन्फ्रास्ट्रकचर बैंकको आइपीओमा सोमबार सम्ममा १४ अर्बको लागि आवेदन परेको छ ।

आज ५ बजेसम्ममा  कम्पनीको आईपिओमा १४ अर्ब १९ करोड ९६ लाख ४२ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । 

कम्पनीको आईपिओमा ११ लाख ७७  हजार ९  सय २० आवेदकले आवेदन दिएका हुन् ।

बैंकले यस अघि एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। 

उक्त शेयर मध्ये ०।२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि  र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

बैंकको आइपीओमा आवेदन दिने भोलि मंगलबार अन्तिम दिन रहेको छ । 

बैंकको आइपीओमा आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया