आजदेखि सेयर कारोबारमा ‘टी प्लस टु’ लागू, कारोबारको राफसाफ तथा फर्सौट दुई दिनभित्रै

३ बर्ष अगाडि

आइतबारदेखि  सेयर कारोबारमा ‘टी प्लस टु’ लागू, भएको छ । नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन अनुसार सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आज आइतबारबाट सेयर बजारमा ‘टी प्लस टु’ कार्यान्वयनमा ल्याएको हो ।  

 ‘टी प्लस टु’ कार्यान्वयनपछि अवदेखि सेयर कारोबारको राफसाफ तथा फर्सौट दुई दिनभित्रै हुने भएको छ। 

यसअघि ‘टी प्लस थ्री’ अर्थात् तीन दिनभित्र कारोबार सम्पन्न हुने चक्रिय प्रणालीलाई कार्यान्वयनमा रहेको थियो । 

यो व्यवस्थाअनुसार लगानीकर्ताले आफूले बेचेको सेयर राफसाफ तथा फर्स्यौटका लागि ईडीआईएस जारी गर्दा कारोबार भएपछि  जारी गरिहाल्नुपर्छ । ईडीआईएस जारी गर्न नसक्ने लगानीकर्ताले कारोबार भएको मितिको भोलिपल्ट ९टी प्लस वान० भित्र भौतिक निर्देशन पुर्जी जारी गरी सम्बन्धित निक्षेप सदस्यकामा बुझाउनु पर्ने उनले जानकारी दिए । जसले गर्दा आजको कारोबार भोलि नै राफसाफ तथा फर्स्यौट हुने सीडीएसका प्रमख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताए । 

सीडीएसले सेयर खरिद कारोबार गर्ने लगानीकर्ताले आफूले खरिद गरेको धितोपत्रबापतको रकम सम्बन्धित राफसाफ सदस्यलाई कारोबार भएको मितिको भोलिपल्टै बुझाउन पनि आग्रह गरेको छ ।

सेयर खरिद गर्नेले दुई दिनभित्रै भुक्तानी दिनु पर्ने हुन्छ भने बिक्री गर्नेले पनि दुई दिनभित्रै ट्रान्सफर गरिसक्नु पर्ने हुन्छ ।

यो प्रणाली शुरु भएपछि छिटो राफसाप हुन्छ र सेयर किनेको मान्छेलाई पुनः सेयर बिक्री गर्न पनि चाँडै पाउँछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया