काठमाडौं - कोरोना बीमामा हालसम्म ३० हजार भन्दा बढी बीमितले रकम भुक्तानी पाएका छन् ।
बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार माघ ९ गते शुक्रबारसम्म ३० हजार २७० जना बीमितले कोरोना बीमाको रकम पाएका हुन् ।
यस अवधिमा ३० हजार २७० जना बीमितलाई दुई अर्ब ९४ करोड ७३ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ ।
समितिका अनुसार माघ ९ गतेसम्म कारोना बीमामा ५७ हजार ७६२ वटा दाबी परेका छन् । ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका
तीन हजार १८ वटा फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् । आठ हजार ९७१ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।